Hamro Sanchar

कुवेतबाट नेपाल आउँदा आकाशमै मृत्यु, कुवेततिरै फिर्ता भयो जहाज

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १९ गते


काठमाडौं, पुस १९-  कुवेतबाट काठमाडौं आउँदा-आउँदै एक नेपाली श्रमिकको आकाशमै मृत्यु भएको छ । हिमालयन एयरको उडान नम्बर H9572 विमानमा सवार मकवानपुर स्थायी ठेगाना भएका ३९ बर्षिय दिनेश थापाको हृदयघातका कारण मृत्यु भएको हो ।

उक्त विमानले स्थानीय समयअनुसार ०२:३४ बजे उडान शुरु गरेको थियो । दुइ घण्टामै थापाको स्वास्थ्यमा समस्या देखिएपछि ओमनको मस्कट विमानस्थलमा आपतकालीन अवतरण गराईएको थियो ।

यात्रु मृत भएको चिकित्सकले जानकारी दिएपछि विमानलाई मस्कटबाट कुवेततिरै फिर्ता गरिएको छ ।

पारिवारिक स्रोतकाअनुसार थापा कलेजोमा समस्या रहेको र थप उपचारका लागि नेपाल आएका हुन् ।

मृतकलाई मेडिकल प्रकृया पूरा गर्न कुवेतमा छोडेर काठमाडौं ल्याउने तयारी भैरहेको बुझिएको छ ।

अहिले बिहान ९ : १० बजे अवतरण हुनु पर्ने विमान आज साँझ ७ बजे मात्रै आउने छ ।


प्रतिकृया दिनुहोस्