Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आदर्श माविले सुरु गर्यो एनजी उन्मुलन अभियान, हिउँदे बिदामा पनि कक्षा संचालन हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, १९ गते


Advertisement

काठमाडौं, पुस १९- कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ३ मा रहेको श्री आदर्श माध्यमिक विद्यालयले ननग्रेड अर्थात् एनजी उन्मुलन अभियान सुरु गरेको छ । बुधबार नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख पुष्पराज ढकालले अवर्गिकृत (NG) विद्यार्थी उन्मुलन अभियान र सुधारात्मक शिक्षण सिकाइ विन्टर क्याम्पको उद्घाटन गरेका हुन् ।

एनजी उन्मुलन अभियान अन्तर्गत कक्षा ८ र १० को लागि सुधारात्मक विन्टर क्याम्प (Remedial Winter Camp) संचालन हुनेछ । विद्यालयमा हिउँदे बिदाको समयमा २४ कक्षा संचालन हुने विद्यालयका सह-प्रधानाध्यापक डम्बरु प्रसाद पोखरेलले जानकारी दिए । हिउँदे बिदा पुस १७ देखि माघ १२ सम्म हुनेछ तर सो अवधिभर कक्षा ८ र १० को कक्षा संचालन हुनेछ ।

उद्घाटन कार्यक्रममा वडा नम्बर-३ का अध्यक्ष राममणि पुडासैनी, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष प्रकाशराज बराल, शिक्षा अधिकृत टेकेन्द्र ढकाल लगाएत शिक्षाकर्मीहरुले शुभकामना दिएका थिए ।

विद्यार्थीले परिक्षामा उतिर्ण वा बर्गिकृत हुन राज्यले तोकेको न्युनतम प्राप्ताङ्क ३५ प्रतिशत प्राप्त गर्न नसक्ने स्कोर एनजी हो ।  शैक्षिक शत्र २०८० को एसइइ परिक्षाको राष्ट्रिय रुपमा ५२ प्रतिशत एनजी र कागेश्वरी मनोहरा नगरपालिकामा करिव ३२ प्रतिशत एनजी अवस्था रहेको अनुमान छ ।

आदर्श माविले संचालन गरेको एनजी उन्मुलन अभियान र सुधारात्मक शिक्षण सिकाइ विन्टर क्याम्प संचालनको मोडालिटी यस प्रकार छ ।

विद्यार्थी वर्गीकरण
१. यो क्याम्प हिउँदे बिदाको बेलामा सन्चालन गर्ने
२. प्रस्तावित मिति २०८१ पौष १७ गते देखि माघ १२ गते सम्म (जम्मा २४ दिन)
३. कक्षा : ८ सेक्सन A र B का ११९ जना र कक्षा १० सेक्सन A र B का ७५ जना विद्यार्थीलाई तिन/तिन सेक्सन बनाउने जसमा न्यून सिकाइ स्तर भएका २०-३० जना बिद्यार्थी छनौट गरी तेश्रो सेक्सन सुधारात्मक क्याम्प (Remedial camp) मा राखी बिशेष तरिकाले पढाउने
४. बिहान १०:३० बजे देखि प्रति एक घण्टाको रुटिन बनाएर कक्षा : ८ लाइ अंग्रेजी, गणित, विज्ञान गरी दैनिक तिन पिरियड र कक्षा : १० लाइ अंग्रेजी, गणित, बिज्ञान, सामाजिक, नेपाली, लेखा/ऐच्छिक गणित, अर्थशास्त्रलगाएत अन्य बिषय गरी दैनिक ६ पिरियड विशेष तरिकाले कक्षा संचालन गर्ने
५. कक्षा संचालन गर्दा विद्यालयसम्म विद्यार्थी समयमा आउने र जाने गर्नुपर्ने, बस प्रयोग हुने छैन
६. विद्यार्थीले खाजाको ब्यबस्था अभिभावकले नै गरिदिने

शिक्षक परिचालन
१. कक्षा : ८ र १० मा शिक्षण गर्ने बिषयगत शिक्षकलाइ क्याम्प रोस्टर मेन्टर शिक्षक राखि परिचालन गर्ने
२. शिक्षकहरुलाई प्रत्येक दिन कम्तिमा १ पिरियड रुटिन पर्ने गरी क्लास दिने
३. कुनै शिक्षक अनुपस्थित हुने अवस्था आएमा रोस्टरमा रहेका अन्य शिक्षकलाई कक्षामा लगाउने तर कुनै पनि दिन कक्षा खालि हुन नदिने

शिक्षण सिकाइ बिधि
१. सुधारात्मक कक्षा संचालन गर्दा कक्षा शिक्षण गर्ने भाषाका शिक्षकहरुले जस्तै अंग्रेजी र नेपाली बिषय शिक्षकले पहिलो एक हप्ता सामान्य भाषागत ज्ञान सिकाउने र बाँकी बिषय शिक्षकहरुले तत् बिषय सम्बन्धि न्युनतम आधारभूत ज्ञान वा शिप सिकाउने
२. सुधारात्मक कक्षा संचालन गर्दा दोश्रो हप्ता देखि कक्षा शिक्षण गर्ने शिक्षकले पाठ्यक्रम, विशिष्टीकरण तालिका र प्रश्न आउने सम्भावित पाठको आधारमा केहि निश्चित पाठ/एकाइलाइ जोड दिएर सिकाउने
३. शिक्षकले अत्यधिक प्राक्टिस बिधि अपनाउने
४. एक घण्टाको पिरियडलाइ ५० प्रतिशत विद्यार्थी कक्षा प्राक्टिस, २५ प्रतिशत शिक्षक निगमन प्राक्टिस र २५ प्रतिशत सामान्यीकरण शिक्षण गर्ने
५. शिक्षकले पढाएको सम्बन्धमा कुनै जिज्ञासा, सुझाव भएमा अभिभावक र विद्यार्थीले प्रधानाध्यापक र सहायक प्रधानाध्यापकलाइ जानकारी दिने

मुल्याङ्कन बिधि
१. दैनिक प्रति बिषय कम्तिमा २ वटा प्रश्न सहित गृहकार्य दिने र साप्ताहिक रुपमा चेक गरी गृहकार्य गरेकै भागमा लिखित पृष्ठपोषण दिने साथै चेक भएको कपिलाई बिद्यालय प्रसासनवाट प्रमाणित गराउने
२. विद्यार्थीले गृहकार्य गरे नगरेको कुरा घरमा अभिभावकले चेक गरेर हस्ताक्षर गरी बिद्यालय पठाउने
३. अभिभावकले गृहकार्यमा हस्ताक्षर गरेको नपाइएमा अभिभावकलाई फोन मार्फत कारण सोधिने
४. प्रत्येक शनिवार परिक्षा लिने, यस प्रयोजनको लागि बिषय शिक्षकले प्रश्न बनाउने र उत्तर पुस्तिका परिक्षण गरी लगत्तै आउने आइतबार नतिजा प्रदान गर्ने
५. आइतबार नतिजा बिहान १० बजे प्रकाशन गर्दा अभिभावक विद्यालयमा अनिवार्य रुपमा आउनु पर्ने
६. प्रश्न पत्र , परिक्षा र नतिजाको रेकर्ड र ब्यबस्थापन परिक्षा शाखाले गर्ने र अन्त्यमा ग्रेड सिट प्रदान गर्ने

अनुगमन
१. विद्यार्थीको उपस्थिति, कक्षा कार्यमा सक्रियता, कक्षा संचालन भए नभएको, प्रभावकारी शिक्षण भए नभएको लगाएत पक्षमा प्रधानाध्यापक र सहायक प्रधानाध्यापकले अनुगमन गर्ने
२. प्रत्येक दिन बिद्यालय नआएका, कक्षामा हल्ला गर्ने, पढाइको वातावरण खलबल्याउने र पढाइमा ध्यान नदिने विद्यार्थीको बारेमा निजको अभिभावकलाई सोहि दिन फोन गरिने
३. सुधारात्मक कक्षाको प्रगति बारेमा साप्ताहिक रुपमा अनुगमन र पृष्ठपोषण दिन बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष तथा अभिभावक बिद्यालय आउनु पर्ने र नगरपालिका शिक्षा शाखालाई जानकारी गराउने

आर्थिक ब्यबस्थापन
१. बिशेष कक्षा संचालन गर्दा अभिभावक, बिद्यालय र नगरपालिकाको त्रिपक्षीय साझेदारीमा कार्यक्रम संचालन गर्ने

यो पनि पढ्नुहोस्- कागेश्वरीमा एनजी उन्मुलन अभियान सुरु, प्रधानाध्यापक र अध्यक्षले गरे पाँच बुँदे प्रतिवद्धतामा हस्ताक्षर


प्रतिकृया दिनुहोस्