Hamro Sanchar

रास्वपाले गर्‍यो परियारको संयोजकत्वमा संविधान परिमार्जन सुझाव कार्यदल गठन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २१ गते


काठमाडौं । रास्वपाले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव’ कार्यदल गठन गरेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ ।

शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

कार्यदलले सातै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधान विद्‍सँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धाराणा बनाउने छ,’ कार्यवाहक प्रवक्ता मनिष झाले भने ।

कार्यदलमा कान्तिशिखा धिताल, डा। नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा। तोसिमा कार्की, डा। अच्युतम लामिछाने र मेघ आले सदस्य छन् ।

कार्यदलमा सातै प्रदेशमा गर्ने छलफल गर्ने र त्यसको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्