Hamro Sanchar

काठमाडौंंको धोबीखोलामा कार खस्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २१ गते


काठमाडौं । काठमाडौंंको धोबीखोलामा कार खसेको छ । बी एए ८७१४ नम्बरको सेतो रंगको कार आज बिहान मदन भण्डारी कलेज नजिकको खोलामा खसेको हो ।

कार खोलामा उत्तानो परेको छ । कार चालक विनोद विक्रम केसीले जिम गर्न जाँदै गर्दा बढी मोडिएर कार खसेको प्रहरीलाई बताएका छन् ।

नयाँबानेश्वरका डिएसपीले विरेन्द्र गोदारले कार दुर्घटनामा मानवीय र सार्वजनिक सम्पत्ति क्षति नभएको बताए ।


प्रतिकृया दिनुहोस्