Hamro Sanchar

मुग्लिन- पोखरा सडक ५ दिन अवरुद्ध हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २८ गते


पोखरा । मुग्लिन-पोखरा सडकअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका-२ कोत्रे खण्ड ५ दिन अवरुद्ध हुने भएको छ।

जामुने बजारदेखि कास्कीको सेतीपुलसम्मको सडक स्तरोन्नति थालिएकाले आजदेखि पुस २ गतेसम्म बिहान ८ देखि साँझ ६ बजेसम्म सवारी आवागमन बन्द गराइएको तनहुँ जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सो अवधिमा वैकल्पिक बाटो प्रयोग गर्न यातायात व्यवसायी एवं यात्रुलाई कार्यालयले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्