Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २८ गते


Advertisement

काठमाडौं । काठमाडौँ उपत्यका आज यो वर्षअन्तर्गत अहिलेसम्मकै चिसो भएको छ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् बिनु महर्जनका अनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो।

यो न्यूनतम तापक्रम काठमाडौँ उपत्यकाका लागि २०८१ साल लागेयताकै कम हो। यसअघि उपत्यकाको न्यूनतम तापक्रम ३।९ डिग्री सेल्सियसम्म झरेको थियो।

आज त्यसभन्दा पनि मुनि झरेको हो। त्यसो त अहिले बिहान ८:४५ बजेसम्ममा काठमाडौँको न्यूनतम तापक्रम अझ घट्न पनि सक्छ अथवा यत्ति नै रहन पनि सक्छ।

अहिले बिहान ८:४५ बजे मौसम महाशाखाले काठमाडौँको अपडेटसँगै देशभरको न्यनूतम तापक्रमको सूची सार्वजनिक गर्नेछ।

मौसमविद्का अनुसार आजको आधिकारिक न्यूनतम तापक्रम बिहान ८:४५ बजेकै मानिन्छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८:४५ तथा अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।


प्रतिकृया दिनुहोस्