Skip

Hamro Sanchar

न्यायाधीशसँग रविको अनुरोध : श्रीमान मलाई छाडिदिनुस्, गर्व लाग्ने काम गरेर देखाउछु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २७ गते


काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले न्यायाधीशसामु आफुलाइ छोडिदन आग्रह गरेका छन् ।

आज कास्की जिल्ला अदालतमा म्याद थपको बहसका क्रममा उनले भने ” श्रीमान तपाईंले मलाई छोडिदिनुभयो भने मैले राम्रो काम गरेर देखाउँछु र तपाईंले भविष्यमा मलाई हेरेर गर्व गर्न पाउनुहुनेछ,’।

साथै लामिछानेले आफूलाई न्यायालयको मात्रै विश्वास भएको बताएका छन् । बहसका क्रममा उनले सहकारी संस्थाको बचत हिनामिनाको छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापाले आफूविरुद्ध राजनीतिक प्रतिशोध साधेको समेत बताए ।

थापाले राजनीतिक प्रतिशोध साधेको जिकिर गर्दै भनेका छन्, ‘अब न्यायालयको मात्रै विश्वास छ ।’ उनले आफूलाई छोडिदिन न्यायाधीश पौडेलसँग अनुरोध गरे ।

एमाले सांसद समेत रहेका थापा नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनलाई लामिछानेले ‘सुनियोजित कथा’ को रुपमा अर्थ लगाएका छन् । थापाले सुनियोजित रुपमा लेखिएको कथाको छायांकन अहिले भइरहेको पनि दाबी लामिछानेको छ ’

रविविरुद्धको मुद्दा अदालतमा बुझाउन ९ दिन बाँकी हुँदा आज ५ दिन म्याद थप गरिएको छ ।

रविको संलग्नता देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका पाँचै जिल्लामा बयान सकाएर बिहीबार अदालत उपस्थित गराएको हो ।

न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले मानव अधिकारको रक्षा र स्वास्थ्यको ख्याल राख्न पनि आदेश गरेको छ ।


प्रतिकृया दिनुहोस्