काठमाडौं । काठमाडौंमा तापक्रम घट्नेक्रम जारी छ । आज बिहान ५ : ४५ बजेको तापक्रम ३.९ डिग्री सेल्सियस छ ।
बुधबार बिहान यही समय काठमाडौंको तापक्रम ४ डिग्री सेल्सियस थियो । बुधबार बिहान पौने ९ बजे भने तापक्रम घटेर ३।९ डिग्री सेल्सियस पुगेको थियो ।
मौसम सफा हुँदै जाँदा तापक्रम पनि घटिरहेको छ । बादल नलागेर आकास खुला हुँदा तापक्रम घट्ने गरेको छ ।
काठमाडौंमा आज दिउँसो तापक्रम १७ देखि १९ डिग्री सेल्सियस हुनेछ ।
“काठमाडौंमा आज मौसम सामान्यतया सफा रहनेछ,” मौसमविद् सरोज पुडासैनीले भने, “केही भू–भागमा आंशिक बदली रहे पनि आज मौसम मुख्यतया सफा रहनेछ ।”
गण्डकी र कर्णाली प्रदेशमा मौसम आंशिक बदली रहनेछ । बिहान तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको उनले जानकारी दिए ।
बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात सेवामा आंशिक प्रभाव पर्नसक्ने भन्दै जल तथा मोसम विज्ञान विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।