Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

जनवरीदेखि सगरमाथामा व्यावसायिक हेलिकप्टर उडाउन गर्न नपाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २६ गते


Advertisement

काठमाडौं । सरकारले अंग्रेजी नयाँ वर्ष ९१ जनवरी २०२५० १७ पुस २०८१ देखि लागु हुने गरी सगरमाथा निकुञ्ज क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडानमा रोक लगाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जले आज सबै हेलिकप्टर कम्पनीलाई पत्र लेख्दै उक्त निर्णयबारे जानकारी गराएको हो।

निकुञ्ज, खुम्बु पासाङ ल्हामु गाउँपालिका, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति तथा स्थानीय सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।

निर्णय अनुसार अब पर्यटक तथा स्थानीयको उद्धार तथा मालसामान ढुवानी बाहेक व्यावसायिक रूपमा हेलिकप्टर उडाउन पाइने छैन ।


प्रतिकृया दिनुहोस्