Hamro Sanchar

काठमाडौँको तापक्रमले रेकर्ड तोड्दै : आज ४ डिग्री सेल्सियस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २६ गते


Advertisement

काठमाडौं । देशभर तापक्रम घट्ने र चिसो बढ्ने क्रम जारी छ। यसै क्रममा राजधानी काठमाडौँमा तापक्रमले दिनदिनै रेकर्ड तोडिरहेको छ।

मंगलबार यस वर्षयताकै कम ९५।५ डिग्री सेल्सियस० भएको काठमाडौँको न्यूनतम तापक्रमले आज ९बुधबार० त्यो रेकर्ड तोडेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ५स्४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस देखिएको हो।

त्यसो त अहिले बिहान ८स्४५ बजे देशभरको आधिकारिक न्यूनतम तापक्रम सार्वजनिक हुनेछ। त्यसबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घट्ने सम्भावना पनि हुन्छ अथवा यत्ति नै रहन पनि सक्छ।

हिउँदयाम हुन्जेल तापक्रम थप घट्ने क्रम जारी रहने मौसमविद्ले बताएका छन्। यही डिसेम्बर १ देखि नेपालमा विन्टर अर्थात् हिउँद लागेको हो। यो याम तीन महिनासम्म रहन्छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ।

न्यूनतम तापक्रम सामान्यतया हरेक दिन बिहान ८स्४५ तथा अधिकतम तापक्रम साँझ ५स्४५ बजे मापन गरिन्छ ।


प्रतिकृया दिनुहोस्