Hamro Sanchar

रौतहटमा स्कर्पिओ दुर्घटना हुदा ८ जनाको मृत्यु, ४ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २५ गते


रौतहट । रौतहटमा गएराति स्कार्पिओ दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

पूर्वपश्चिम राजमार्गमा पर्ने चन्द्रपुर नगरपालिका-४ स्थित धन्सार–लमाहा सडक खण्डमा बा १६ च ३१६२ नम्बरको स्कर्पियो दुर्घटनामा परेको हो।

बाराको गढिमाई मेलाबाट सिराहा फर्कदै गरेका यात्रु सवार स्कार्पिओ दुर्घटना हुँदा चालकसहित ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। दुर्घटनामा ४ जना घाइते भएका छन्।

तीव्र गतिको स्कर्पिओ अनियन्त्रित भएर सडकबाट तल खसेर रुखमा ठोक्किको हो। इलाका प्रहरी कार्यालय

चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मृतक अधिकांशको सनाखत हुन बाँकी छ ।


प्रतिकृया दिनुहोस्