Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २४ गते


Advertisement

हुम्ला । हुम्लामा यस वर्ष पहिलोपटक हिमपात भएको छ। आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै हिमपात सुरु भएको हो।

आइतबार दिउँसो हुम्लामा हावाहुरी चलेको थियो। गए रातिदेखि हुम्लामा हिमपात सुरु भएको हो।

आज बिहानसम्म सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेका लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको लिमी स्वास्थ्यचौकीका कर्मचारी लोग बोहराले जानकारी दिए।

यस वर्ष ढिला गरी हुम्लामा हिमपात सुरु भएको हो। हिमपात भएसँगै यहाँका किसान खुसी भएका छन्। हुम्लीवासीले हिमपातपछि मौसम ठीक हुने र खेती सप्रिने विश्वास राख्दै आएका छन्। हिमपातले गहुँ, जौ, उवा लगायतको खेतीलाई राम्रो हुने किसानको भनाई छ।

हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ। उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन चिसोले प्रभावित भएको हो।

हिमपातसँगै हुम्लामा चिसो थप बढेको छ। हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरिसकेको छ ।


प्रतिकृया दिनुहोस्