Hamro Sanchar

सिरियाली विद्रोहीको दाबी : राष्ट्रपति देश छाडेर भागे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २३ गते


दमास्कस । सिरियाली सरकारको विरोध गर्ने विद्रोही समूह हयात तहरीर अल-शाम (एचटीएएस) ले ‘तानाशाह’ राष्ट्रपति बसर अल(असद देश छोडेर भागेको दाबी गरेको छ ।

सिरिया अब ‘स्वतन्त्र’ भएको विद्रोहीहरूको भनाई छ।विद्रोही समूह एचटीएएसले आफ्नो टेलिग्राम च्यानलमा एउटा कालो अध्याय समाप्त भएको र नयाँ अध्याय सुरुवात भएको बताएको छ ।

विद्रोहीहरूले विगत पाँच दशकदेखि असदको शासनबाट विस्थापित भएका वा जेलमा परेका मानिसहरू अब फर्कन सक्ने बताएका छन्। विद्रोहीहरू भन्छन्, ‘यो नयाँ सिरिया हुनेछ जहाँ सबैले शान्तिसँग बस्न सक्नेछन् र न्यायले शासन गर्नेछ।’

यसअघि समाचार एजेन्सी रोयटर्सले दुई वरिष्ठ सिरियाली अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति बसर अल-असदले दमास्कस छाडेको बताएको थियो तर उनी कहाँ गएका थिए भन्ने स्पष्ट भइसकेको छैन।


प्रतिकृया दिनुहोस्