Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

१ करोड बढि मूल्यको सुनचाँदी र नगदसहित ३ जना पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २३ गते


Advertisement

कैलाली । कैलालीको भजनीबाट सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरै मूल्य पर्ने सुन, चाँदी, नगद तथा अन्य सामानसहित तीन जनालाई पक्राउ गरेको छ।

भजनी नगरपालिका-५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ उक्त सामान बरामद भएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

पक्राउ पर्नेमा सुर्खेतका चौकुनी गाउँपालिका-१० बस्ने ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका-१ बस्ने ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका- ११ बस्ने ३२ वर्षीय महेश सुनार रहेका छन्। उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतको बोर्डर आउट पोष्ट ९बीओपी० पगियापसारले नियन्त्रणमा लिएको हो।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई शङ्का लागि जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ मूल्य पर्ने ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाडाकुडा फेला परेको हो।

उनीहरुको साथमा रहेको सामानको श्रोत नखुलेपछि नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाइएको थापाले बताए।

पक्राउ परेकाहरूलाई बरामद सुन ,चाँदी, नगद र अन्य सामानसहित आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।


प्रतिकृया दिनुहोस्