Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

झलनाथको प्रश्न : बीआरआई सम्झौता नै गर्नुथियो भने छिमेकीसँग यत्रो नाटक किन ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २२ गते


Advertisement

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा रोड एण्ड बेल्ड इनिसिएटिभ (बीआरआई)सम्झौता गर्नु नै थियो भने यति धेरै नाटक किन गरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।

चीन भ्रमण सकेर शनिवार स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री खनालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सरकारलाई प्रश्न गरे, ‘बीआरआई सम्झौता गर्नु नै थियो भने छिमेकी देशसँग यत्रो नाटक किन गर्नुपरेको रु छिमेकी देशहरूसँग राम्रो सम्बन्ध बनाउन नसक्नेले कसरी विश्वसँग सम्बन्ध राम्रो बनाउन सक्छ रु’

छिमेकीसँग यो प्रकारको लापरबाही गर्न नहुने उनको धारणा थियो । ‘तर जे होस् धेरै पटक घुमाउरो गरेर भएपनि बीआरआई सम्झौता भएको छ’ उनले भने, ‘त्यो राम्रो कुरा हो । मैले खुसी प्रकट गर्नुपर्छ ।’

खनालले नेपालको तयारी नपुगेपनि अन्तिममा बीआरआई परियोजनामा सम्झौता गर्नु सुखद् रहेको बताए । ‘नेपाल र चीन बीचको सम्बन्ध र यो बीआरआई लिन किन नेपाल यस्तरी चुकिरहेको छ रु संसारमा १५३ मुलुकहरुले बीआरआई प्रोजेक्ट लिइसके, तर नेपालले यत्रो सात सात वर्षसम्म किन नलिएको भन्ने पत्रकारहरूको प्रश्न थियो,’ चीन भ्रमणको प्रसंग उल्लेख गर्दै खनालले भने ।


प्रतिकृया दिनुहोस्