
काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक आह्वान गरेको छ। यही मंसिर २५ गते बस्नेगरि बैठक आह्वान गरिएको एमालेले जनाएको छ।
पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले मङ्सिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।
बैंठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने अधिकारीले बताए ।


















