Skip

Hamro Sanchar

विदेश उड्न लाग्दा पक्राउ परे सूर्यदर्शनको रकम अपचलनमा संलग्न आरोपी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २१ गते


काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सूर्यदर्शन सहकारीका साधारण सदस्य कृष्ण गुरुङ रहेका छन् ।

पोखरा घर भएका गुरुङलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कतार जान लागेको अवस्थामा पक्राउ परेका गुरुङलाई पोखरा लगिएको कास्कीका डीएसपी वसन्त शर्माले जानकारी दिए ।

उनीमाथि यसअघि नै पक्राउ पुर्जी जारी भइसकेकाले शुक्रबार सरकारी वकिल कार्यालयमा पेस गरिने उनले बताए ।


प्रतिकृया दिनुहोस्