
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
सोमबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने भएको हो।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा उपनिर्वाचनको समीक्षा र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका बीआरआई लगायतका सम्झौतामा समीक्षा हुने बताइएको छ ।


















