Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाल प्रहरीले माग्यो एकैपटकमा यतिधेरै जवान (सूचनासहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, २१ गते


Advertisement

काठमाडौं । नेपाल प्रहरीले एक हजार दुईसय २३ जना जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार सूचना जारी गर्दै एक हजार दुईसय २३ जवानको लागि दरखास्त आह्वान गरेको छ।

१ हजार १६५ जना प्रहरी जवान, ४७ जना भान्से र ११ जना कुचीकार पदका लागि नयाँ भर्ना आह्वान गरिएको सूचनामा उल्लेख छ।

कोसी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले जनाएको छ।

त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ।

त्यसैगरी काठमाडौँ, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर्ना छनौट शाखाले जारी गरेको सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्