Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता एनपीएल आजदेखि

उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १५ गते


Advertisement

काठमाडौं । नेपाली क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)आज (शनिबार) देखि काठमाडौँमा हुँदै छ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा उद्घाटन खेल दिउँसो सवा १२ बजे सुरु हुनेछ। उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ट्स भिड्दै छन्।

प्रतियोगितामा आठ फ्रेन्चाइज टोली सहभागी हुँदै छन्। एनपीएल खेल्न उत्साहित ८ टिम, क्याप्टेनहरू भन्छन्( विश्वले खेल हेर्छ, क्षमता देखाउने अवसर छ

खेल सुरुअघि उद्घाटन समारोह हुनेछ। एनपीएलको ट्रफी भने यसअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट सार्वजनिक गरिसकेका छन्।

उद्घाटन खेलका लागि सबै १० हजार टिकट बिक्री भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। जसको दर साधारणतर्फ ३ सय र भीआइपीतर्फ ७ सय रुपैयाँ तोकिएको थियो।

एनपीएलको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्स नेटवर्कले गर्नेछ भने डिजिटल प्रसारण एक्सन स्पोर्ट्स युट्युब च्यानलबाट हुनेछ।

एनपीएल खेल्न त्रिवि क्रिकेट मैदान आकर्षक बनाइएको छ ।


प्रतिकृया दिनुहोस्