Hamro Sanchar

सुनको मुल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, १२ गते


Advertisement

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

मंगलबार तोलामा एक लाख ४८ हजार ७ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार ९ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । यसअघि प्रतितोला एक हजार ८२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबार तोलामा एक हजार ८३० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।


प्रतिकृया दिनुहोस्