Hamro Sanchar

काठमाडौंको कीर्तिपुर केन्द्रविन्दु भएर मध्यरातमा भुकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ७ गते


Advertisement

काठमाडौं । काठमाडौंको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति पौने ११ बजे भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता २.६ म्याग्निच्युड मापन भएको छ ।

काठमाडौं उपत्यकाबासीले भूकम्पको धक्का महसुस गरेको भन्दै सामाजिक सन्जालमा लेखेको देखिन्छ ।

तर भूकम्पको झड्का सानो भएकाले यसले क्षति भने पुर्‍याएको विवरण छैन ।


प्रतिकृया दिनुहोस्