Skip
आज : २०८३ आश्विन २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

डडेल्धुरामा जीप दुर्घटना, २ जनाको मृत्यु, ७ घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ मंसिर, ४ गते


Advertisement

डडेल्धुरा । डडेल्धुरामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

कञ्चनपुरको दैजीबाट परशुराम नगरपालिका आइरहेको जीप परशुराम नगरपालिका–९ स्थित दैजी–जोगबुढा सडकखण्डको लिप्नामा आज दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउँदै गरेको लु१ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो।

दुर्घटनामा सात जना घाइते भएका छन्। तीमध्ये गम्भीर अवस्थामा रहेका चार जनालाई उपचारका लागि धनगढी लगिएको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।


प्रतिकृया दिनुहोस्