Skip
आज : २०८३ आश्विन २१ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्ड भन्छन् : प्रधानमन्त्री हुँदा भन्दा अहिले रिल्याक्स छु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, ३० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सत्ता छाडेपछि थप कम्फर्टेबल अनुभव गरिरहेको बताएका छन्।

आज काठमाडौँमा आयोजित ‘स्मृतिमा अखिल सर’ पुस्तक विमोचनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

‘कतिपयलाई फेरि प्रचण्डलाई सरकार छाडेको चिन्ता, पीडा भएको छ भन्छन्। त्यो चाहिँ होइन। विल्कुल होइन,’ पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘अहिले म प्रधानमन्त्री हुँदा भन्दा कम्फर्टेबल फिल गरेको छु। रिल्याक्स छु। जनताको बीचमा गएको छु।’

उनले आफूहरूले वर्षौंसम्म लडेर ल्याएको संविधान र अहिलेको सिस्टममाथि नै घात हुने हो कि भन्ने चिन्ता आफूलाई रहेको पनि उल्लेख गरे।

‘चिन्ता हामीले त्यत्रो संघर्ष र बलिदानबाट ल्याएको संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता पक्कै पनि छ,’ प्रचण्डले भने, ‘जन्मदाताहरूलाई आफूले जन्माएको कुरामा त्यो फिल हुनु स्वभाविक हो। त्यो मलाई छ ।


प्रतिकृया दिनुहोस्