Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रधानन्यायाधीश राउतको प्रतिबद्धता : म बेचिन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २८ गते


Advertisement

काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले प्रधानन्यायाधीशका रुपमा आफू नबेचिने बताएका छन्।

बुधबार ‘कान्तिपुर कन्क्लेभ–२०२४’लाई सम्बोधन गर्दै उनले पदमा रहँदासम्म आफूले न्याय क्षेत्रको जिम्मेवारी लिन तयार रहेको समेत जिकिर गरे।

‘न्यायपालिकाको जिम्मा म प्रकाश राउतले लिने हो,’ राउतले भने, ‘यो मेरो नैतिक जिम्मेवारीभित्र पर्छ। यस निम्ति म यो भन्दछु र उद्घोष पनि गर्न चाहान्छु–म बेचिन्न। मलाई कसैले किन्न सक्दैन। म यसै गरि न्यायिक मर्यादा राख्दछु। मेरो जति समय छ, त्यो समयमा न्यायलयको शीर नझुक्नेगरी मेरो आफ्नो समय त्यहाँ व्यतित गर्नेछु।’

प्रधानन्यायाधीश राउतले अरु क्षेत्रका चाहिँ जिम्मेवारी कसले लिन्छ भन्दै प्रश्न समेत गरे। ‘तर एउटा क्षेत्र मात्रै सुधार गर्न खाजेर नहोला निरु’, उनको प्रश्न छ, ‘अन्तको बाछिटा पनि त्यहाँ आउला। फेरि त्यसको जिम्मा कसले लिने होरु


प्रतिकृया दिनुहोस्