Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

युद्ध नचर्काउन पुटिनलाई ट्रम्पको आग्रह

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २६ गते


Advertisement

काठमाडौँ। अमेरिकी राष्ट्रपतिमा चुनाव जितेका डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्यादिमिर पुटिनलाई टेलिफोन गरेका छन् ।

अमेरिकी अखबार वासिङटन पोस्टका अनुसार ट्रम्पले पुटिनलाई बिहीबार फोन गरेको रुसी विश्व च्यानल आरटीले उल्लेख गरेको छ ।

बिहीबार अमेरिकी टेलिभिजन एनबीसीलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आफूले चुनाव जितेर विश्वका ७० नेतासँग कुरा गरेको भन्दै पुटिनसँग नि कुरा गर्ने चाहेको बताएका थिए । ट्रम्पले सोही दिन टेलिफोन गरेको खुलेको छ ।

युरोपको शान्ति, युक्रेन युद्धको अन्त्य आदि बारेको भएको कुराकानीमा ट्रम्पले युद्ध नचर्काउन पुटिनलाई आग्रह गरेको बताइए पनि पुटिनबाट आएको जवाफ भने के थियो वासिङटन पोस्टले उल्लेख नगरेको आरटीले उल्लेख गरेको छ।


प्रतिकृया दिनुहोस्