Hamro Sanchar

पोखरीमा डुबेको कारबाट २ जनाको शव निकालियो (अपडेट)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, २० गते


Advertisement

काठमाडौं । सर्लाहीमा गुड्दागुड्दै पोखरीमा खसेर डुबेको कारबाट दुई जनाको शव निकालिएको छ ।

आज बिहान बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार सर्लाहीकै ईश्वरपुर नगरपालिका(२ मियाँखोरस्थित पोखरीमा डुबेको थियो ।

सशस्त्र प्रहरीको उद्धार टोलीले साढे ८ बजे महोत्तरीको गौशाला नगरपालिका-१० का सुरेश महतो ९चालक० र सोनमा गाउँपालिका-८ का रामाकान्त ठाकुरको शव पोखरीबाट निकालेको हो

गोताखोर टोलीले पोखरीमा डुबेको कार पनि भेटाएको छ । कार पोखरीमै छ । कार पनि निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार गौशाला-२ का अन्दाजी ३१ वर्षीय जनक यादव भने पौडिएर बाहिर निस्किएका थिए ।

कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको थियो । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्