Hamro Sanchar

५ लाख नगदसहित ४५ जना जुवाडे पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १७ गते


Advertisement

मोरङ । मोरङको बिराटनगर महानगरपालिका-१७ दरैयामा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-१६ बस्ने ३५ वर्षीय हरेराम चौधरी समेत १७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले बिहीबार राति उनीहरूलाई नगद ६० हजार रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी डडेल्धुरा, गन्यापधुरा गाउँपालिका-३ गोयलखेत बस्ने ३२ वर्षीय दिपक देउवाको घरमा जुवातास खेलिरहेको अवस्थामा दिपक समेत २८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख ४१ हजार ८ सय ६९ रूपैयाँ र १६ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 


प्रतिकृया दिनुहोस्