Hamro Sanchar

कृष्णबहादुर महराका छोरा राहुल १४ महिना जेल बसेर छुटे

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल महरा रिहा भएका छन्।

उनी १४ महिना जेल सजाय काटेर मंगलबार ९कात्तिक १३० रिहा भएको प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए।

महरा केन्द्रीय कारागार जगन्नाथदेवलमा थिए। जिल्ला अदालत काठमाडौँले सुनाएको जेल सजाय भुक्तान गरेर राहुल मंगलबार रिहा भएका हुन्।

९ किलो सुन तस्करी प्रकरणमा उनी पक्राप परेका थिए। अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

२०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन भेटिएको प्रकरणमा महरा पक्राउ परेका थिए ।


प्रतिकृया दिनुहोस्