Hamro Sanchar

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङदले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ कात्तिक, १५ गते


Advertisement

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिएका छन् ।

बुधवार साफ च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग पराजित भएसँगै मुख्य प्रशिक्षक तामाङले पदबाट राजीनामाको घोषणा गरेका हुन् ।

तामाङकै प्रशिक्षणमा गएको फागुनमा साउदी अरबमा भएको वाफ च्याम्पियनसिपमा नेपाली महिला टोली फाइनलमा पुगेको थियो ।

त्यतिबला पनि नेपाल फाइनलमा जोर्डनसँग पराजित भएको थियो । उनको प्रशिक्षणमा साफ पनि हारेको हो । तामाङले अब आफूले क्लब फुटबलको प्रशिक्षण सम्हाल्ने बताएका छन् ।


प्रतिकृया दिनुहोस्