२० असोज, काठमाडौं । यस वर्षको विजया दशमीमा टीका लगाउने उत्तम साइत कार्तिक ४ गते बिहान १०ः२६ बजे रहेको छ। त्यस्तै, असोज २५ गते घटस्थापनाको साइत बिहान ११ः४७ बजे तोकिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।...
काठमाडौं । नेपाली कांग्रेसका नेता ड. चन्द्र भण्डारीले पार्टीको उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज भइरहेको नयाँ कार्यसमिति चयन प्रक्रियामा भण्डारीले उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। संशोधित विधानअनुसार कांग्रेसमा यसपटक दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ ।...
धनगढी । कैलालीमा जन्मदिन मनाउने क्रममा चट्याङ लाग्दा ७ जना घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१७ धुर्जन्नामा सोमबार राति चट्याङ पर्दा उनीहरू घाइते भएका हुन्। प्रहरीका अनुसार स्थानीय खुशिलाल चौधरीको घरको छतमा केही व्यक्ति जन्मदिन मनाइरहेका बेला राति करिब साढे ९ बजे घरनजिकै चट्याङ परेको थियो। चट्याङको झिल्काले ३५ वर्षीया आरती...