Hamro Sanchar

गौशाला धर्मशालामा काठमाडौं महानगरको बोर्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, २३ गते


Advertisement

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको छ ।

माडवाडीको प्रतिकारबीच महानगरप्रहरीले माडवाडी सेवा समितिले राखेको बोर्ड हटाएर आफनो बोर्ड राखेको छ ।

सोही क्रममा माडवाडी सेवा समिति र काठमाडौं महानगरप्रहरीहरुबीच धकेलाधकेल भएको थियो । पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला खाली गराउन नमानेपछि नगरप्रहरीले जबरजस्ती धर्मशाला खाली गराउन खोज्दा माडवाडीहरुले प्रतिवाद गरेका थिए ।

यसअघि काठमाडौं महानगर प्रहरी, वडाध्यक्ष, महानगरका प्रतिनिधि, पशुपति क्षेत्र विकास कोष र मारवाडी सेवा समितिबीच छलफल भएको थियो ।

तर सहमति नजुटेपछि महानगरले गौशाला खाली गराउन खोजेको थियो । प्रहरीको टोली पनि पुगेको थियो ।

गौशाला धर्मशाला खाली गराउन पुगेको महानगरको नगर प्रहरीसँग माडवाडी सेवा समितिले धर्मशाला खाली गराउनुपर्ने अफिसियल पत्र मागेका थिए ।

तर, नगरप्रहरी बलका प्रमुख राजु पाण्डेले पत्र देखाउन नसकेपछि नेपाल प्रहरीले महानगरको टोलीलाई फिर्ता पठाएको छ ।


प्रतिकृया दिनुहोस्