आज : २०८१ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


Advertisement

काठमाडौं । थाइल्याण्डमा एउटा स्कूल बसमा आगलागी हुँदा २५ विद्यार्थीको मृत्यु भएको छ । बसमा ४४ जना सवार थिए, जसमध्ये १६ जनालाई अस्पतालमा भर्ना गरिएको सञ्चारमाध्यममा उल्लेख छ।

अहिले उद्धारकर्मीहरूले बाँकी बालबालिकाको उद्धार गर्ने प्रयास गरिरहेका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

बसको टायर फुटेका कारण आगलागी भएको घटनास्थलमा रहेका प्रत्यक्षदर्शीले बताएका छन् । मंगलबार दिउँसो करिब १२स्३० बजे बैंककको खु खोत क्षेत्रमा दुर्घटना भएको हो । बस स्कुलबाट फर्कँदै थियो ।

बसमा ३ देखि १५ वर्षसम्मका बालबालिका सवार थिए । उनीसँगै ५ जना शिक्षक पनि थिए । बसका चालक फरार रहेको र उनको खोजी भइरहेको बीबीसीले जनाएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री पाइतोङटार्न सिनावात्राले दुर्घटनामा ज्यान गुमाएका बालबालिकाका परिवारप्रति समवेदना व्यक्त गरेका छन्। उनले यातायात मन्त्रीलाई घटनास्थलमा गएर अवस्थाबारे जानकारी लिन निर्देशन दिएका छन् ।


प्रतिकृया दिनुहोस्