आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बाढी-पहिरोले काठमाडौं उपत्यकाका ३ जिल्लामा ३४ जनाको मृत्यु : १७ वेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं। बाढी पहिरोका कारण काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जनाको मृत्यु भएको छ ।

काठमाडौं जिल्लाका विभिन्न ठाउँमा ११ जना, ललितपुरमा १८ जना र भक्तपुरमा ५ जना गरी ३४ जनाको मृत्यु भएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एसएसपी विनोद घिमिरेले बताए।

यस्तै १७ जना घाइते भएका छन् । जसअनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना र भक्तपुरमा २ जना गरी १७ जना घाइते भएका हुन् ।

यी तीन जिल्लाबाट १ हजार ४१५ जनाको उद्दार गरिएको छ । १७ जना वेपत्ता छन् । १ हजार ९२४ घरहरु डुबानमा परेको एसएसपी घिमिरेले बताए ।


प्रतिकृया दिनुहोस्