आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौं । पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो जाँदा आज बिहानदेखि सडक अवरुद्ध भएको हो।

निरन्तरको वर्षासँगै आज बिहान चार बजे पहिरो खस्दा सडक दुईतर्फी नै अवरुद्ध भएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

पहिरो पन्छाउने काम सुरु गरिएको छ। दुई वटा स्काभेटरले पहिरो पन्छाइरहेको यादवले बताए। यस्तै इच्छाकामना गाउँपालिका–३ मौवाखोला, दतिखोला, पानीधारालगायत क्षेत्रमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको छ। यादवका अनुसार अहिले पृथ्वी राजमार्ग पूर्ण रुपमा अवरुद्ध छ।

यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको नौकिलोमा सडक दुई फिट तल भासिएको छ। निरन्तरको वर्षाका कारण सडक भासिएको हो।


प्रतिकृया दिनुहोस्