काठमाडौं । भारी वर्षाका कारण आएको भक्तपुरस्थित हनुमन्ते खोलाको बाढीले ग्यास बुलेट बगाएको छ ।
भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको समेत पाइएको छ ।
अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको छ ।
बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको छ ।