आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

अविरल वर्षासँगै पहिरो जाँदा विभिन्न स्थानमा ४ जनाको मृत्यु, ७ बेपत्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १२ गते


Advertisement

काठमाडौँ । अविरल वर्षासँगै पहिरो जाँदा देशका विभिन्न स्थानमा ४ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर तामाङको १ तल्ले घर पहिरोले पुरिँदा उनकी श्रीमती ५० वर्षीया पातली तामाङ र ४० वर्षीया नक्कली तामाङको मृत्यु भएको हो।

उता पाँचथरको फिदिम नगरपालिका-४ स्थित भदौरेमा पहिरोले घर पुरिँदा २ जना मृत्यु भएको छ । उनीहरूको पहिचान खुल्न सकेको छ छैन । उक्त स्थानमा नं.२ गुल्म पाँचथरबाट १० जनाको टोली खटिएको छ।

यसैगरी काभ्रेको पनौतीमा पहिरोमा परी एकै परिवारका ५ जना सम्पर्कविहीन भएका छन् । पनौती नगरपालिका ११, थुम्कीमा शनिबार बिहानै पहिरो जाँदा स्थानीय अर्जुन भण्डारीको परिवार सम्पर्कविहीन भएको हो ।

यस्तै धनकुटाको पख्रिबास नगरपालिका-५ स्थित गुराँसे बस्ने सन्तोष तामाङको कच्ची घर पहिरोले पुरिँदा उनीको श्रीमती ३२ वर्षीया आशा तामाङ र आमा ५० वर्षीया राम कुमारी तामाङ बेपत्ता भएका छन् । नम्बर ६ गुल्म धनकुटाबाट खाटिएका १३ जना तथा नेपाल प्रहरी र नेपाली सेनाको संयुक्त टोलीद्वारा उद्धार कार्य भइरहेको छ ।


प्रतिकृया दिनुहोस्