आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नारायणगढ-मुग्लिन सडकखण्डमा आज राति सवारी चलाउन नपाइने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ११ गते


Advertisement

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डमा शुक्रबार (आज) रातको समयमा सवारी चलाउन नपाइने भएको छ।

बिहीबार रातिदेखि निरन्तर परेको वर्षाका कारण भइपरि आउने जोखिम न्यूनीकरणका लागि रातको समयमा सवारी चलाउन नदिइने भएको हो।

आज साँझ ७ बजेदेखि शनिबार (भोलि) बिहान ५ बजेसम्म नारायणगढ-मुग्लिन सडकखण्डमा अत्यावश्यक बाहेकका कुनैपनि सवारी चल्न नदिइने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

पहिरोको जोखिम रहेको उक्त सडकमा रातको समयमा सवारी साधन चलाउन रोक लगाउने निर्णय भएको यादवले बताए।

उनका अनुसार काठमाडौँबाट चितवनतर्फ आउने सवारीलाई मुग्लिनमा रोकिनेछ भने चितवनबाट काठमाडौँ जाने सवारीलाई रामनगरमा रोक्ने व्यवस्था मिलाइएको छ।

जसका लागि जिल्ला ट्राफिक कार्यालय चितवनबाट ट्राफिक प्रहरीहरू खटाइने यादवले बताए।


प्रतिकृया दिनुहोस्