Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डले भने : तपाईंहरूले चाँडै पार्टी एकताको नयाँ समाचार सुन्नुहुनेछ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १० गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन विचार मिल्नेहरुसँग एकताको प्रयास गरिरहेको बताएका छन्।

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै एकताबारे चाँडै समाचार सुन्न पाउने बताए।

उनले भने, ‘हामी समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरुलाई परास्त गर्ने अभियानमा छौं। मलाई विश्वास छ तपाईंहरुले केही समयभित्रै नयाँ समाचार सुन्नुहुनेछ। एकता र मोर्चाको, त्यो अभियानमा लागिरहेका छौं।’

उनले विशेष महाधिवेशनबाट पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनेगरी आफूहरुले काम गरिरहेको पनि बताए।


प्रतिकृया दिनुहोस्