काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई म्याद थप गर्न अदालतमा उपस्थित गराएको छ ।
साइबर ब्युरोले उनलाई थप ७ दिन हिरासतमा राख्नु अनुमति मागेको छ । असोज ६ मा प्रसाईंलाई प्रहरीले भक्तपुरको थिमी स्थित उनको घरबाट पक्राउ गरेको थियो ।
उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेर अदालतमा पेस गरिएको साइबर ब्युरोका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
प्रसाईंसँगै बागलुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल विरुद्ध पक्राउ अनुमति जारी भएको छ ।
युट्युब मार्फत प्रसाईंले राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध एक जना महिला र अर्का एक नजा पुरुषको चरित्रहत्या गरेको आरोप छ ।