आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

च्याम्पियन नेपाल पुलिस क्लबलाई विमानस्थलमा भव्य स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ७ गते


Advertisement

काठमाडौं । माल्दिभ्समा सम्पन्न काभा महिला क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको नेपाल पुलिस क्लब सोमबार स्वदेश फर्केको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

पहिलो पटक आयोजना भएको काभा महिला भलिबल क्लब च्याम्पियनसिपको शनिबार भएको फाइनलमा पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो ।

मालेस्थित सोसियल युथ सेन्टरमा भएको फाइनलमा पुलिसले हुमोलाई २५-१६, २५-२२, २५-२३ ले पराजित गर्दै उपाधि जितेको थियो ।

६ टोली सहभागि प्रतियोगितामा पुलिसले अपराजित रहँदै उपाधि जित्ने क्रममा ६ खेल नै जित्यो । लिग चरणमा पाँचवटै खेल जितेर शीर्षमा रहेको पुलिसले फाइनल समेत जितेको हो ।

पुलिसले लिग चरणामा हुमोसहित, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३-० ले पराजित गरेको थियो भने माल्दिभ्सको वाम्को क्लबलाई ३-२ ले तथा माल्दिभ्सको माल्दिभ्स लिस क्लबलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल, उज्वेकिस्तान, श्रीलंका र ताजकिस्तानका समान १ तथा माल्दिभ्सको २ गरी कूल ६ टोलीको सहभागिता थियो ।


प्रतिकृया दिनुहोस्