Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

प्रचण्डको चेतावनी : सदन अवरोधलाई जारी राख्छौ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ५ गते


Advertisement

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन अवरोधलाई जारी राख्ने बताएका छन्।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको जिकिर गरेका छन् ।

‘हामी अहिले प्रतिनिधि सभामा संख्यामा कमजोर नै छौँ। यो त दुनियाँले बुझेकै कुरा हो। तर हाम्रो विरासतको कारणले, हाम्रा मुद्दाका कारणले, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा हाम्रो बारेमा गरिएको व्यवस्थाका कारणले हामी कमजोर छैनौँ हामी कमजोर छौँ भनेर हिन भावना लिनु सही हुँदैन,’ अध्यक्ष प्रचण्डले भने।

सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिँदै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको स्पष्ट पारेका छन्।

अध्यक्ष प्रचण्डले भनेका छन्, ‘सदनमा हेर्ने हो भने संवैधानिक परिषद्‌मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु हामीले असफल बनायौँ। हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित हामी सदन अवरोधको स्थितिमा छौँ। र हामी जबरजस्त त्यहाँबाट आक्रमण गरिरहेका छौँ। हामी छोड्दैनौँ। किनकि संविधान उल्लंघन गर्ने, शान्ति सम्झौता उल्लंघन गर्ने अधिकार छैन। हामीले यो कुरा प्रतिनिधि सभामा पनि जबरजस्त उठाएका छौँ। प्रतिनिधि सभामा नहुने साथीहरुले सडकबाट उठाइदिन पर्‍यो।’


प्रतिकृया दिनुहोस्