Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प छैन: प्रचण्ड

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ५ गते


Advertisement

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै माओवादी एक ठाउँमा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित शहीद प्रतिष्ठान नेपालको १५ औं साधारण सभालाई सम्बोधन गर्दै उनले माओवादीको मर्म एउटै भएकाले एकै ठाउँ आउनुको विकल्प नभएको बताएका हुन्।

हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरेका छन् ।

उनले माओवादी नेतृत्वको सरकारमा हुँदा यो पनि भएन, त्यो पनि भएन भनेर प्रतिक्रियावादीलाई फाइदा पुग्ने काम गर्ने काम माओवादीले गर्न नहुने धारणा राखेका छन् ।

हत्या, हिंसाबारे एमालेका नेताहरु पछाडि नहटेसम्म आन्दोलन जारी रहने उनले घोषणा गरेका छन् । उनले भने, ‘हत्या, हिंसाबारे जो कुरा उठाएका छन् एमालेका नेताहरुले, उनीहरु पछाडि नहटेसम्म हाम्रो आन्दोलन जारी रहन्छ। सबैतिबाट साथ सहयोग चाहिन्छ।’

उनले शान्तिपूर्ण ढंगले मोर्चा बनाएर लड्ने ठाउँ भएको बताए। प्रचण्डले माओवादी केन्द्रको ध्यान आयोगमा मान्छे ल्याउनेमा रहेको उल्लेख गरे। ‘अब हाम्रो ध्यान चाहिँ आयोग बनाउने र आयोगमा सहि नेतृत्व ल्याउने कुरामा छ। प्रतिनिधि सभामा हामी कमजोर छौं तर माओवादी कमजोर होइनौं, हाम्रो विरासत छ।’

आफूहरुले प्रतिनिधि सभामा बोलेको बताउँदै उनले सांसद नभएकाले सडकबाट बोलिदिन आग्रह गरेका छन् ।


प्रतिकृया दिनुहोस्