आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कागेश्वरी मनोहराको गहना सहकारी : बचतकर्ताको करोडभन्दा बढी रकम कुम्ल्याएर फरार

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १ गते


Advertisement

काठमाडौं, असोज १- सहकारी संस्थाका सञ्चालकले एक करोड भन्दा बढि रुपियाँ लिएर फरार भएपछि बचतकर्ताहरुको विचल्ली भएको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-९ मा रहेको गहना बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले बचकर्ताको रकम फिर्ता दिन नसक्दा अध्यक्ष कपिल बिष्टसहित संचालक समिति भागेका छन् ।

२०७७ सालमा नगरपालिकामा दर्ता भएको गहना सहकारीले संचालनमा आएको केहि वर्षमा १ सय सर्वसाधारणले बचत गरेको एक करोड भन्दा बढी रकम अपचलन गरेर संचालक फरार भएका हुन् ।

नगरपालिका सहकारी शाखाका प्रमुख विश्वास ज्ञवालीकाअनुसार बचतकर्ताले बारम्बार रकम फिर्ताको लागि माग गर्दा समेत सहकारीका सञ्चालकले बेवास्ता गरेपछि बचतकर्ताले नगरपालिकाको सहकारी शाखामा उजुरी हालेका थिए । बचत कर्तालाई भुक्तानी दिन नसकेको सहकारी ६ महिना अघि नै फरार भएको हो ।

आइतबार नगरपालिकाले एक सूचना जारी गर्दै संस्थालाई सूचना जारी भएको ३५ दिनभित्र सम्पर्कमा आउन भनेको छ ।

गहना बहुउदेश्यीय सहकारीले नगरपालिकाले माग गरेका विवरणहरु उपलब्ध नगराएको, अनुगमनमा पनि सहकारी संस्थाको कार्यालय, सम्पर्क र ताकेता गर्दा पनि संस्थाले कुनै पनि तत्परता नदेखाएको, उक्त संस्थासँग सम्पर्क स्थापित गर्न नसकिएको र कानुनले दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने भनि निर्दिष्ट गरेको कुनैपनि किसिमका विवरणहरु उपलब्ध नगराएको साथै बचतकर्ताहरुको लिखित उजुरी समेत आएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रद्धारा जारी सूचनामा भनिएको छ ।

तोकिएको समयसिमाभित्र संस्था वा संचालक समिति उपस्थित नभएको खण्डमा कानुन बमोजिम कारबाही प्रक्रिया अगाडी बढाउने नगरपालिकाले चेतावनी दिएको छ ।

नगरपालिकाले गत माघ महिनामै एक सूचना जारी गरेर कागेश्वरी मनोहरा नगरपालिकाभित्र संचालित ९ वटा सहकारी संस्थामा रकम बचत नगर्न भनेको थियो ।  ९ वटा सहकारी निष्क्रिय रहेका र स्थानीय तथा बचतकर्ताहरुको रकम अपचलन गरेको भनि उजुरी आएकाले बचत नगर्न भनेको थियो ।

जसमा गहना बहुउदेश्यीय सहकारीसहित वडा नम्बर ९ मा रहेको जालपाश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मुलपानी २ मा रहेको एडुकेट बचत तथा ऋण सहकारी संस्था, वडा नम्बर ६ मा रहेको नीलबाराही गृहश्रमिक र मनोहर दुग्ध उत्पादक सहकारी संस्था, वडा नम्बर ७ को सन्चो उपभोक्ता सहकारी संस्था, वडा नम्बर १ को शिवपुरी कृषि सहकारी संस्था र कागेश्वरी प्रांगारिक कृषि सहकारी, वडा नम्बर ९ को गहना बहुउदेश्यीय सहकारी र वडा नम्बर ८ को कागेश्वरी बचत तथा ऋण सहकारी संस्था रहेका थिए ।

यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराका ९ वटा सहकारीमा पैसा बचत नगर्न नगरपालिकाको अनुरोध (नामावलीसहित)


प्रतिकृया दिनुहोस्