Hamro Sanchar

प्रचण्डको विश्वास: उपसभामुख हटाउने योजनाबाट कांग्रेस-एमाले पछि हट्छन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २९ गते


Advertisement

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुखलाई हटाउने योजनाबाट नेपाली कांग्रेस र नेकपा एमाले आफैं पछि हट्ने बताएका छन् ।

आज विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले उपसभामुख इन्दिरा रानाले गरेको त्रुटि पद नै गुमाउनुपर्ने खालको नभएको भन्दै यस्तो बताएका हुन् ।

‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटि गर्नुभयो’, उनले भने, ‘त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नुहुन्छ होला ।’

उपसभामुख राना मगरले २०२३ को फेब्रुअरीमा पाँच जनाको अन्तर्वार्ताका लागि सहजीकरण गरिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।

यही विषयलाई लिएर सत्तारुढ गठबन्धनमा उपसभामुखलाई हटाउने विषयमा छलफल भएको थियो भने नेपाली कांग्रेसले उपभामुखको राजीनामा माग गरेको छ ।

प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले माओवादीले गरेको सशस्त्र युद्धलाई एमाले सांसद योगेश भट्टराईले हिंसा भएपछि उत्पन्न विवाद नटुंगिएसम्म संसद चल्न नदिने बताएका छन् ।

माओवादीले भट्टराईको मन्तव्यबाट ‘माओवादी हिंसा’ भन्ने शब्द संसदको रेकर्डबाट हटाउनुपर्ने माग गरेको छ । तर सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन नपर्ने निर्णय सुनाएका छन् ।

पत्रकारसँग कुराकानीकै क्रममा प्रचण्डले राजनीतिमा एक्जिट ९अवकाश० नुहने बताएका छन् । केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले राजनीतिबाट अवकाश लिने बेला आएको बताएका थिए ।

प्रचण्डले संवैधानिक परिषदले नियुक्ति सिफारिस गर्नुपर्ने पदहरु एकै पटक सिफारिस गर्नु राम्रो हुने बताए ।

 


प्रतिकृया दिनुहोस्