Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

मध्यपश्चिम विश्वविद्यालयको स्ववियु निर्वाचन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, २७ गते


Advertisement

काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन स्थगित भएको छ।

उच्च अदालत सुर्खेतका न्यायाधीश मदन पोख्रेलको एकल इजलास बिहीबार स्ववियुको निर्वाचन तत्कालका लागि नगर्न नगराउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। विश्वविद्यालयमा शुक्रबार स्ववियुको निर्वाचन हुने तय थियो।

स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी बिएससी बायोलोजी समूह ५ सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूले उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए।

रञ्जित विक लगायत विद्यार्थीहरूले निर्वाचनको प्रकाशित नामावलीमा विज्ञान संकायका विद्यार्थीहरूको नाम छुटाएको भन्दै उक्त रिट हालेका थिए। निवेदकको नाम निर्वाचनका लागि प्रकाशित मतदाता नामावलीमा समावेश नभएको भन्दै उच्च अदालत सुर्खेतले निवेदकको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। अदालतले दुबै पक्षलाई असोज ६ गते छलफलका लागि बोलाएको छ।

यसअघि पनि २०७९ चैतमा तोकिएको स्ववियु निर्वाचन उच्च अदालतमा रिट परेपछि स्थगित भएको थियो।

मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन ६ वर्षदेखि निस्क्रिय रहेको छ।


प्रतिकृया दिनुहोस्