Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

त्रिविले माग्यो ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, १७ गते


Advertisement

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ११ वटा आंगिक क्याम्पसहरूका लागि क्याम्पस प्रमुख मागेको छ।

सोमबार सूचना जारी गर्दै त्रिविले ११ क्याम्पस प्रमुखका लागि आवेदन मागेको हो।

त्रिविले सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, काठमाडौंको रत्नराज्य लक्ष्मी क्याम्पस, पोखराको पृथ्वीनारायण क्याम्पस, जनकपुरको रामस्वरूप रामसागर क्याम्पस, बुटवलको बुटवल बहुमुखी क्याम्पस, पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसका लागि क्याम्पस प्रमुख माग गर्दै आवेदन खुलाएको हो।

त्यस्तै डोटी बहुमुखी क्याम्पस, ललितपुरको पाटन संयुक्त क्याम्पस, काठमाडौंकै विश्वभाषा क्याम्पस, सुर्खेतको सुर्खेत क्याम्पस र जुम्लाको जुम्ला क्याम्पसका लागि प्रमुख माग गरिएको छ।

उम्मेदवारको योग्यता त्रिवि सावधिक पदमा नियुक्तिको आभार र मापदण्डसम्बन्धी विनियम २०८१ को हुनुपर्ने सूचनामा उल्लेख छ।


प्रतिकृया दिनुहोस्