Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रास्वपाले गर्‍यो मुकुल ढकाललाई पार्टीको साधारण सदस्य समेत नरहनेगरी बर्खास्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ११ गते


Advertisement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले निलम्बित महामन्त्री डा.मुकुल ढकाललाई पार्टीको साधारण सदस्यता समेत नरहनेगरी बर्खास्त गरेको छ।

आज बसेको केन्द्रीय समिति बैठकले अनुशासन आयोगको सिफारिस अनुसार, उनलाई पार्टीबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

पार्टी केन्द्रीय कार्यालय, चःमतीमा बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरेको हो ।

पार्टी अनुशासन आयोगले ढकाललाई कारबाहीका लागि आवश्यक प्रमाणसहित साधारण सदस्यबाट पनि निकाल्नुपर्ने सिफारिस गरेको थियो।

पार्टीविरुद्ध लागेको भन्दै निलम्बनमा परेका महामन्त्री ढकाललाई रास्वपाले पटक–पटक स्पष्टीकरण सोधेको थियो।

महामन्त्री र प्रवक्ता पदबाट निलम्बन गरेको रास्वपाले स्पष्टीकरणका लागि सुरुमा ३५ दिनको समय दिएको थियो।

त्यसपछि पनि उनलाई पार्टीले दोहोर्‍याएर स्पष्टीकरणको मौका दिएको थियो।

यद्यपि, ढकालले कारबाहीमा परेपछि पार्टीप्रति प्रश्न गर्न नछाडेपछि अन्ततः साधारण सदस्यबाट पनि निकाल्ने निर्णयमा रास्वपा पुगेको हो।


प्रतिकृया दिनुहोस्