Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ओमानका विदेशमन्त्री भोलि नेपाल आउँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ९ गते


Advertisement

काठमाडौं । ओमानका विदेशमन्त्री सैय्यद बद्र अल–बुसैदी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि भोलि (सोमबार) नेपाल आउने भएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री आरजु राणा देउवाको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन्।

भ्रमणमा क्रममा दुई देशका परराष्ट्रमन्त्रबीच नेपाल–ओमान सम्बन्धलाई थप बलियो बनाउनेबारे विभिन्न पक्षमा कुराकानी हुने मन्त्रालयले बताएको छ। ओमान र नेपालबीच पहिलो पटक गत अगष्ट ७ मा मस्कटमा पहिलो पटक द्वीपक्षीय कूटनीतिक परामर्श संयन्त्रको बैठक बसेको थियो।

ओमानी विदेशमन्त्रीले भ्रमणमा क्रममा राष्ट्रपछि रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटघाट गर्ने तालिका रहेको छ।

ओमानका विदेशमन्त्री मंगलबार स्वदेश फर्किने छन्


प्रतिकृया दिनुहोस्