Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपाली सेनाकाे अधिकृत पदमा २८० जनाका लागि भर्ना खुल्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ भदौ, ७ गते


Advertisement

काठमाडौं । नेपाली सेनाले साधारण सेवातर्फ २८० जना अधिकृत भर्नाको लागि दरखास्त आह्वान गरेको छ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय जंगी अड्डा काठमाडौँले शुक्रबार सूचना जारी गर्दै रिक्त अधिकृत पद (सहायक सेनानीरउपसेनानी) मा नयाँ भर्नाको लागि दरखास्त आह्वान गरेको हो।

ती पदमा खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ।

सैनिक तालिम वा कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका वा शारीरिक रुपमा अशक्त नेपाली सैनिकका सन्तानबाट १४ जना, खुलाबाट १४७ जना, महिला २४, आदिवासीरजनजाती ३८, मधेसी ३३, दलित १८, पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जना भर्ना गर्न चाहेको जंगी अड्डाले जनाएको छ।

त्यसका लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आगामी असोज ५ गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।


प्रतिकृया दिनुहोस्